Monday, June 22News That Matters

कोरोना अस्पतालमा आगलागी हुदा ज्यान गुमाउनेको सङ्ख्या ८२ पुग्यो

बैशाख १२

इराकको एक कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको उपचार भइरहेको सघन उपचार कक्षामा आगलागी हुदा ज्यान गुमाउनेको सङ्ख्या ८२ पुगेको छ ।

राजधानी बग्दादमा रहेको इबन अल–खातिभ अस्पतालमा गतराति भएको आगलागीमा कम्तीमा ८२ जनाको ज्यान गएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । आगलागीमा परि एक सयभन्दा धेरै घाइते भएका छन् ।

अक्सिजन सिलिन्डर विस्फोटबाट आगलागी सुरु भएको जनाईएको छ । अस्पतालमा अग्नि नियन्त्रणको व्यवस्था नभएकोले अस्पतालभित्रका अरू प्रज्ज्वलनशील सामानहरूमा आगो तत्कालै सल्किएको जनाईएको छ ।

धेरैजसो बिरामीलाई अन्यत्र सार्नुपरेको र भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको अस्पतालले जनाएको छ । कतिपयको आगलागीबाट निस्किएको धुवाँले निस्सासिएर ज्यान गएको जर्नाइएको छ ।

अस्पतालबाट एक सय २० जना बिरामी र उनीहरूका आफन्तमध्ये ९० जनालाई भने सुरक्षित रूपमा बाहिर निकालिएको छ । अस्पतालहरूमा औषधि र शैयाको चरम अभाव भइरहेका बेला अस्पतालमा आगलागी हुँदा कोरोना सङ्क्रमतिको उपचारमा जटिलता थपिएको छ ।

कोरोना महामारी सुरु भएयता इराकमा अहिलेसम्म दश लाख २५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको र १५ हजारभन्दा धेरैको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको जनाईएको छ ।