
पूर्णपुष्टि, भदौ २२
कोरोना सङ्क्रमितको उपचारका लागि आयुर्वेदिक औषधिको परीक्षण प्रक्रिया सुरु भएको छ ।
५ न. प्रदेशका करिब एक सय जनामा आयुर्वेदिक औषधिको परीक्षणका लागि प्रक्रिया सुरु गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।
परीक्षणका लागि सरकारले अनुमति दिइसकेको छ । यो औषधि सामान्य लक्षण देखिएकालाई दिने र त्यसपछि लक्षण र अस्पताल बसाइ कति घट्यो भन्ने हेर्नुको साथै रगतमा केही परिवर्तन आए नआएको जाँच गर्ने जनाईएको छ ।
जेठीमधु र त्रिकटुको मिश्रण बनाएर तयार गरिएको यस आयुर्वेदिक औषधि बिरामीलाई खाना खानुअघि खुवाउने जनाईएको छ । मरीच, पिप्ली र सुकेको अदुवा बराबर मात्रामा मिलाएर त्रिकटु बनाइने परिषद्ले जनाएको छ ।
तर त्यो औषधि गम्भीर समस्या देखिएकाहरुलाई नदिइने जनाईएको छ । यो औषधिको कुनै पनि साइडइफेक्ट नरहेको परिषद्ले जनाएको छ ।

