Sunday, June 21News That Matters

कोरोना कहर निषेधाज्ञाको असर ः त्रिनपाको एक कृषि फर्ममा दुई सय कुइटल बढी टमाटर नष्ट, चार लाख क्षती

पूर्णपुष्टि, जेष्ठ २

गत बर्ष बाट सुरु गरेको त्रियुगाकाको एक कृषि फर्ममा टमाटर लगायत उत्पादित बिभिन्न तरकारीहरु नष्ट हुँदा चार लाख बराबरको आम्दानी गुमेको छ । दोस्रो चरणको कोरोनामा गरिएको निषेधाज्ञाको असरले टमाटर मात्रै दुई सय कुईटल बढी नष्ट भएको छ । टमाटर सँगै अन्य तरकारीहरु पनि नष्ट हुँदा झन्डै चार लाख बराबरको आम्दानी गुमेको हो ।

टमाटर लगायत अन्य तरकारीहरु ठिक्क बेच्ने बेला भएको थियो । र्फम सुरु गरेदेखि यहि बर्ष पहिलो पटक उत्पादन बेच्ने फर्मको तयारी थियो । यतिबेलै निषेधाज्ञा सुरु भयो । कोरोना कहर निषेधाज्ञाको असरले बेच्न बेलाको कृषि उत्पादन सबै कुहियर नष्ट भयो । बन्दकै कारण करिब २ सय कुइटल बढी टमाटर मात्रै नष्ट भएपछि फर्म संञ्चालकहरु निकै हतोत्साहित हुन पुग्यो ।  त्रियुगा नगरपालिका ९ गैरुको रुपान्तर कृषि सहकारी संस्था द्धारा संञ्चाली पशुपन्छी तथा कृषि नमूना र्फमले निकै ठुलो कृषि उत्पादन पहिलो पल्टमा नै नष्ट गर्नु परेको छ । करिब १ बर्षदेखि उत्पादनमा लागेको यस फर्मले उत्पादनको पहिलो कमाईमानै घाटा बहोरेको संञ्चालकहरुले बताएका छन् ।

संस्थागत फर्मरहेको रुपमा लगानी गरेको यस कृषि फर्ममा हाल टमाटर, कोपि, भ्यान्टा, खोर्सानी, काँक्रा, तितेकरेला लगायतका तरकारीहरु उत्पादन छन् ।

कोरोनाका कारण उदयपुरमा गरिएको लकडाउनले उत्पादित बस्तु बजार जान पाएन र सबै खाल्डोमा पुर्न पर्यो फर्मका संञ्चालकका एक सदस्य ओमराज लिम्बुले भन्नुयो । अन्य धेरै सदस्यहरुले बोराकाबोरा सुंगुरलाई खुवाउन लग्यो बाँकी खाल्डोमा नष्ट गरिउ उहाँले भन्नुयो । करिब १५ लाख बराबरको लगानीमा गरिएको कृषि फर्ममा पहिलो उत्पादन बापत ४ लाख बराबरको आम्दानी गुमायौँ ।निषेधाज्ञा सुरु भएपछि बिभिन्न ठाउँमा तरकारीका लागि हामिले समन्वय गरिउँ ब्यापारीले लगेको केहि टमाटर पनि उल्टै नबिकेर फर्काईदिए । टमाटर सँगै बन्दा कोपी पनि बढी मात्रामा नष्ट भएको छ । सँगै अन्य उत्पादनहरु तितेकरेला, काँक्रा, भ्यान्टा, खोर्सानी, लौका लगायत उत्पादनहरु पनि नष्ट भएको छ, यसरी पहिलो उत्पादनमै ठुलो घाटा बेहोर्दा निकै दुख लागेको लिम्वुको भनाई छ ।  कोरोनाले सबैलाई सताईरहेको बेला कृषकहमा झनै असर परेको फर्मका अर्का सदस्य श्याम लिम्वुले बताउनुभयो । उहाँले निषेधाज्ञाका कारण बन्द भएको बजारले उत्पादन नखोज्दा र बजारमै तरकारी बिक्रि नहुँदा फर्महरुले उत्पादन नष्ट गर्नु पर्ने अवस्था आएको बताउनुभयो । खुल्ला बजार अनि दिनानु तरकारी बिक्रि भएता फर्मको उत्पादन व्यापारीले लाने हो, अहिले त बजारमै तरकारी बिक्रि हुँदैन फर्मको यत्रो उत्पादन कसरी उठाउँछ लिम्बुले भन्नुभयो ।

लिम्वुले तरकारी व्यवसायमा परेको असरलाई सम्बन्धित निकायहरुले व्यवस्थापन गर्नु पर्ने बताउनुभयो । उत्पादन बिक्रि नभएर क्षती बेहोरेका कृषक तथा फर्महरुलाई राज्यले क्षतीपुर्ति दिन सके मात्र कृषकहरुले राहत पाउने उहाँले बताउनुभयो ।