Thursday, May 21News That Matters

कोरोना परीक्षणमा ५ सय ३४ जनाको रिपोर्ट ‘नेगेटिभ’

पूर्णपुष्टि, बैशाख ४ गते ।

स्याङ्जामा पहिलो चरणकोे कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षणमा सवैको रिर्पोट नेगेटिभ आएको छ । जिल्लाका ११ वटै पालिकामा पुगेर पाँच सय ३४ जनाका कोरोनाको नमुना सङ्कलन गरिएकोमा उनीहरुको रिर्पोट नेगेटिभ आएको जिल्ला प्रशासनले जनाएको छ ।

¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट बुधबार चापाकोट, गल्याङ र वालिङ नगरपालिकामा गरी एक सय २३ जनामा गरिएका परीक्षणको नतिजा नेगेटिभ देखिएको छ । पहिलो चरणको कोरनोको नमुना परीक्षण बुधबार सकिएको थियो । बिहीबारदेखि दोस्रो चरणका अन्य कार्यहरु अघि बढाइने जनाईएको छ ।