Monday, June 22News That Matters

कोरोना बाट निको भए अब म अरु बिरामीलाई रगत दिएर बचाउँछु

पूर्णपुष्टि/चैत्र, २५

न्यूयोर्कका डाक्टरहरू अहिले एउटा परिक्षणमा लागि परेको छ । कोरोना भाइरस संक्रमणपछि निको भइसकेकाहरूको रगतले अरू बिरामीको ज्यान बचाउन सक्छ कि सक्दैन भन्ने कुराको उनिहरु परिक्षण तयारीमा छ ?

उनीहरू अस्पतालमा भर्ना गम्भीर अवस्थाका बिरामीमा यो उपाय परीक्षण गर्ने तयारी गर्दैछन् । डाक्टरहरूका अनुसार, कुनै व्यक्तिलाई भाइरसले आक्रमण गरेपछि जब ऊ निको हुन्छ, उसको रगतमा भाइरससँग लड्ने प्रतिरोधात्मक शक्ति (एन्टिबडी) विकास भइसकेको हुन्छ । अर्कोचोटि त्यही भाइरसले आक्रमण र्गयो भने उसको प्रतिरोधात्मक शक्तिले त्यो भाइरसलाई परास्त गर्न सक्छ ।

डाक्टरहरुको यो प्रयास र अनुसन्धानले विश्वमा केही खुसी पनि छाएको छ । यो परिक्षणको बारेमा अन्तराष्ट्रिय संञ्चार माध्यमहरुले समचार लेखेका छन् । यदि यस्तो हो भने यो सफल उपचार पनि हुन सक्छ । विश्वमा थप्रै मानिसहरु कोरोना बाट निको भइसकेको पनि छ । यस्तो खबर सुनेर थुप्रै निको भएका व्यक्तिहरुले मृत्यु सँग लडिरहेको व्यक्तिहरुलाई आफ्नो रगत दिएर बचाउनेहरु मनसाय गरिरहेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरस संक्रमणबाट निको भएका एक व्यक्तिले आफ्नो रगत दिएर अन्य संक्रमण व्यक्तिलाई बचाउने बताएको छ । ज्यासन गार्सिया नाम गरेका व्यक्तिले आफ्नो रगतको ’प्लाज्मा’ अरू संक्रमित बिरामीको उपचार निम्ति दान गर्ने बताएको हो । एक महान कार्य र खुसीको कुरा पनि हो ।

कोरोनाजस्तै महामारीको रूप लिएका इबोला र इन्फ्लुएन्जा उपचार गर्न दशकौंदेखि यो विधि प्रयोग हुँदै आएको छ । प्लाज्मा दान गर्ने ३६ वर्षीय ज्यासनलाई मार्च ६ देखि कोरोनाका लक्षण देखिएको थियो। उनलाई सुरूमा सामान्य खोकी र थकान महशुस भएको थियो। उनले त्यसलाई गम्भीर रूपमा लिएनन्। जब बेस्कन टाउको दुख्न र खोकी लाग्न थाल्यो, उनी सचेत भए।

त्यसको भोलिपल्ट उनलाई हनहन्ती ज्वरो आयो र जीउ दुख्न थाल्यो। यस्ता लक्षण आउँदै(जाँदै गर्दै थिए। जब सास फेर्नै सकस भयो, उनले डाक्टरलाई लक्षण सुनाए। डाक्टरले अस्पताल जान सुझाए। परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो ।

परीक्षणपछि उनी सरासर घर गएका थिए । ’डाक्टरहरूले आइसोलेसनमा बस्नू भनेका थिए,’ एरोस्पेस इञ्जिनियर ज्यासनले भने, ’मैले त्यही गरेँ ।’

करिब दस दिन उनी घरभित्रै बसिरहे, सेनाको जागिरमा व्यस्त श्रीमती र ११ महिने छोरीभन्दा पर। मार्च १८ सम्म उनलाई केही बिसेक भएजस्तो लाग्यो । सोचे, ’ममा अब कोरोनाको लक्षण छैन ।

यसबारे सम्बन्धित निकायलाई खबर पनि दिइरहे । मार्च २३ मा उनलाई सान डियागो काउन्टीले पत्र पठायो । पत्रअनुसार आइसोलेसन तोड्दा कम्तिमा ७२ घन्टा कुनै लक्षण नदेखिएको हुनुपर्थ्यो। उनी थप सचेत हुन चाहे, ’मैले तीन दिनको साटो पाँच दिन आइसोलेसनमा बस्ने निधो गरेँ ।

कोरोना निको भएपछि उनलाई युद्ध जितेझैं लागेको थियो। उनले सामाजिक सञ्जालमार्फत् आफ्ना साथीहरूसँग खुसी बाँडे। उनले लेखेका छन् । ’मैले यो भयानक भाइरसलाई जितेँ । कोभिड(१९ लाई हराएँ।’

त्यही बेला क्यालिफोर्नियाकै ओरेन्ज काउन्टीस्थित सेन्ट जोशेफ अस्पतालका स्वास्थ्यकर्मीले सामाजिक सञ्जालमा एउटा पोस्ट गरेका थिए( ’कोरोना भाइरस संक्रमणबाट निको भइसकेकाहरूले अरू बिरामीलाई सहयोग गर्न सक्छन् । हामी कोरोना उपचारमा एउटा परीक्षण गर्दैछौं ।’ ’डाक्टरहरूले गम्भीर अवस्थामा पुगेका र कुनै ओखतीले काम नगरेका संक्रमितहरूको ज्यान बचाउन सकिन्छ कि भनेर मेरो प्लाज्मा मागे,’ उनले भनेका छन् ।

’कोरोनासँग लड्न प्रयास गरिरहेका बिरामीको ज्यान जोगाउन सकिन्छ भने त्यो मेरा लागि अहोभाग्य हुनेछ,’ उनको भनाइ छ । यो अनुसन्धानमा स्वयंसेवी दाताहरूको रगतबाट प्लाज्मा झिक्नुअघि राम्ररी परीक्षण गरिन्छ । यसको निम्ति पाँचवटा मापदण्ड तोकिएका छन् ।

पहिलो, ती व्यक्तिहरू बिरामी हुँदा कोरोना भाइरस ’पोजिटिभ’ हुनुपर्छ। दोस्रो, उनीहरू भाइरस संक्रमणबाट निको भइसकेको हुनुपर्छ। तेस्रो, १४ दिन कुनै किसिमको लक्षण देखिएको हुनुहुँदैन। चौथो, अहिले गरिने कोरोना परीक्षणमा ’नेगेटिभ’ नतिजा आएको हुनुपर्छ। र, पाँचौं, उनीहरूको रगतमा भाइरससँग लड्ने ’एन्टिबडी’ को मात्रा उच्च हुनुपर्छ।

डाक्टरहरूका अनुसार ज्यासनको प्लाज्मामा एन्टिबडी विकास भइसकेको थियो। त्यो प्लाज्मा नयाँ बिरामीको शरीरमा हाल्दा उनीहरू पनि कोरोनासँग लड्न सक्ने सेन्ट जोशेफ अस्पतालका वेन्डी इस्कोबेडो बताउँछन् ।

ज्यासनले अप्रिल १ मा प्लाज्मा दान गरेका हुन् । उनको प्लाज्मा हालेर तीन जना बिरामीमा परीक्षण गरिएको छ । ’मेरो प्लाज्माले सबभन्दा गम्भीर बिरामीमा अलि सुधार भएको डाक्टरहरूले सुनाएका थिए,’ आइतबार ज्यासनले भने । अस्पतालका प्रवक्ताले पनि ती सिकिस्त बिरामीका केही औषधि कम गरिएको र सुधार हुँदै गएको बताएका छन् ।

विश्वमा फैलिरहेको कोरोना भाइरसको रोकथामा विश्व चुकिरहेको अवस्थामा रगत परिक्षण बाट उपचारलाई सफल बनाउने कुराहरुको परिक्षण भइरहेको अन्तराष्ट्रिय संञ्चार माध्यमहरुले बताएका छन् ।