
माघ ७ गते ।
पछिल्लो समय चीनमा फैलिइरहेको कोरोना भाइरस मानिसबाट मानिस सर्न सक्ने अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरस प्रकोपकै कारण चिनमा चार जनाको गएको छ ।
चिनको मुख्य सहर बेइजिङ र शङ्घाईमा दुई सय जना भन्दा बढी मानिसमा यसको सङ्क्रमण देखा परेको छ । कोरोना भाईरसको प्रकोप रहेको ठाउँ वुहान शहरका एक जना जेष्ठनागरिकको कोरोना भाइरसबाट ज्यान गएको जनाईएको छ । यी व्यक्तिमा निमोनियाको लक्षण देखिएको अधिकारीहरुले जनाएका छन्् ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले चीनको गुवाङ्गदोङ्ग प्रान्तमा सङ्क्रमणको दुई वटा घटना मानिस–मानिसबीच प्रसारणको कारण भएको पुष्टि गरेको थियो ।
यस भाइरसबाट विरामी भएकाहरुलाई छुट्टा छुट्टै ठाउँमा राखेर उपचार गरीरहेको छ । यो भाइरस अहिलेसम्म चार एसियाली देशमा देखिएको छ । श्वासप्रश्वास सम्बन्धी समस्याको कारण बन्ने यो भाइरस जापान र थाइल्याण्डपछि दक्षिण कोरिया पनि पुगिसकेको छ ।
