
पूर्णपुष्टि, बैशाख १४
मुलुकभरी नै कोरोनाले आतङक मच्चाईरहेको अवस्थामा उदयपुरमा पनि त्रास फैलिएको छ । गत बर्षको तुलनामा यो बर्ष कोरोनाले ठुलो रुप लिन सक्ने आम मानिसमा संङका उत्पन्न भएको छ ।
कोरोना व्यवस्थापन तथा रोकथामको बिषयलाई लिएर जिल्लामा पनि आज बिभिन्न निर्णयका साथ बैठक बसेको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले जिल्ला प्रमुख अधिकारी तुलसीराम सेढाईको अध्यक्षतामा कोरोना रोकथाम तथा व्यवस्थापनबारे जिल्लाको सम्बन्धित सबै निकायहरुको उपस्थितिमा निर्णय सहितको आपत्तकालिकन छलफल भएको हो ।
बैठकले बिभिन्न ४ बुदामा निर्णय गरेको छ । बिषेशगरी हाल संञ्चालनमै रहेको शैक्षिक क्षेत्रहरुलाई पूर्ण ठप्प पार्ने जनाएको छ । २०७८÷०१÷१३ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार अर्को आदेश नआएसम्मलाई शैक्षिक संगठनका गतिविधी तथा सबै खाले परिक्षाहरु स्थगित गर्ने निर्णय उल्लेख भएको छ ।
यसैगरी जिल्ला भित्र रहेको संकास्पद बिरामीहरुको स्वाव संकलन गरी एन्टीजेन टेस्ट परिक्षण गर्ने कार्यलाई जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र प्राविधिक सहयोगमा जिल्लाको सबै पालिकाहरुले तत्काल सुरु गर्नुपर्ने कुराको निर्णय उल्लेख गरिएको छ ।
यस्तै गरी २०७७ सालमा प्रयोग गरिएको १ नं प्रदेश स्तरीय बेलस्रोतको क्वारेन्टिनमा प्राविधिक जटिलताको कारण पुन प्रयोग गर्न नसकिने र त्यस क्षेत्रको क्वारेन्टिनको लागि कटारी नगरपालिका सँग समन्वय गरी बैकल्पीक स्थलको क्षनोट गर्ने विषयमा पनि महत्वपूर्ण निर्णय गरिएको छ ।
यसैगरी चौथो निर्णय कार्यविधि बनाउनेबारे रहेको छ । होम क्वारेन्टिन र आइसोलेसनमा बस्नु पर्दा वस्नु पर्ने अवस्था आएमा संक्रमित व्यक्ति, संक्रमित परिवार र संक्रमित रहेको सामुदाय तथा वडा जनप्रतिनिधिहरुले पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डको कार्यविधि तयार गर्न टोली गठन गर्ने र प्रचार प्रसारमा लाग्ने बारे निर्णय भएको छ ।
बैठकमा समितिका सल्लाहकार समन्वय समितिका प्रमुख खड्ग परियार, समितिका सदस्य प्रहरी उपरिक्षक भिमवहादुर दाहाल, सदस्य शसस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदी, सदस्य उप अनुसन्धान निर्देशक देभराज लिम्वु, सदस्य सेनानी प्रमुख खिल बहादुर राना, सदस्य जिल्ला अस्पताल मे.सु जिव नारायण मण्डल, सदस्य सचिव प्रशासकिय अधिकृत दिपक दाहाल सहित सबैलेको उपस्थितिमा बैठक बसेको हो ।
यसैगरी सम्बन्धित निकायहरुलाई गरिएको आमन्त्रितमा चौदण्डीगढी नगर प्रमुख खगेन्द्र राई, साहयक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदी र जिसस उदयपुरका दिनेश परियारको उपस्थितिमा रह्यो ।
