
चैत ३१
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वमा कोरोना महामारीको अन्त्य हुन समय लाग्ने जनाएको छ ।
विश्वमा कोरोना सङ्क्रमित थपिने क्रम बढ्दै गएको र सङ्क्रमितहरुले ज्यान गुमाएकाले स्वास्थ्य मापदण्डको पालना र आत्मसंयमता कायम गर्न डब्ल्यूएचओले आग्रह गरेको छ । कोरोना महामारी अन्त्य हुन धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्न सुझाव दिईएको छ ।
समाज, अर्थतन्त्र, व्यापार, यात्रा जस्ता क्रियाकलाप पुनः सुरु भएको देख्ने सबैको चाहना भए पनि महामारी नियन्त्रणको विकल्प स्वास्थ्य मापदण्डका पालना गर्नु नै रहेको जनाइएको छ । कोरोनाको सङक्रमण दर पछिल्लो हप्ता ९ प्रतिशत र मृत्युदर ५ प्रतिशतले बढेको डब्ल्यूएचओले जनाएको छ ।
कोरोना महामारीबाट सबैभन्दा प्रभावित अमेरिका रहेको छ । त्यसपछि भारत विश्वमा दोस्रो सबैभन्दा धेरै सङ्क्रमित रहेको सूचीमा छ । गत २४ घण्टामा भारतमा १ लाख ६० हजार भन्दा धेरैमा सङक्रमण पुष्टि भएको छ ।
योसँगै भारतका कुल सङ्क्रमितको सङ्ख्या १ करोड ३६ लाख ८६ हजार नाघेको छ ।
