Friday, May 22News That Matters

कोरोना माहामारीमा शारिरिक व्याम कसरी गर्ने ? यसरी गर्नुस मर्निङ वाक

पूणर्पुष्टि, साउन २९

हाल कोरोना माहामारीमा शारिरिक व्याम कसरी गर्ने चिन्ता सबैलाई छ । मानिसहरु प्रय विहानी पख शारिरिक व्याम गर्ने क्रममा मर्निङक जान्छ । कोरोना माहमारीमा पनि शारिरिक व्याम कसरी गर्ने र मर्निङ वाक कसरी गर्ने भन्ने विषयमा उल्लेख गरिएको छ ।

१.भीडभाडमा नहिंड्ने( अहिलेको कोरोनाको अवस्थामा संक्रमणबाट बच्नको लागि शरीरमा रोगप्ररोधात्मक क्षमता बढाउनुपर्ने हुन्छ। बिहानीको हिँडाइले शरीरमा इम्युनिटी पावर थप्ने काम गर्दछ। बिहान हिँड्दा थप सजग हुनुपर्ने छ किनकी बढ्दो सहरीकरणले गर्दा हिंड्न मिल्ने सार्वजनिक ठाउँ सीमित छन्। हिंड्ने व्यक्तिहरु असीमित हुन सक्छन किनकी वर्तमानको खानपान र जीवनशैलीले सबैलाई दिन प्रतिदिन रोग थपिरहेको छ। त्यसैले अहिले कोरोनासँग बचेर हिंड्नको लागि भीडभाड नभएको, साह्रै कम मान्छेहरु हिंड्ने स्थानमा हिँड्नु पर्छ।

२ चुपचाप मौन हिंड्ने( बिहान उठेर मौन हिंड्नु साह्रै उत्तम हुन्छ। विस्तारै हिंड्न सुरु गरेर लमकलमक पाइला छिटोछिटो चाल्दै जाँदा शरीरभित्र एक प्रकारको ऊर्जा उत्पन्न हुन्छ। पसिनाको गन्ध र शरीर भित्र भइरहेको परिवर्तनलाई लामो श्वास लिँदै आँखा चिम्लेर महसुस गर्दै एकैछिन विश्राम लिनु राम्रो हुन्छ। थाकेर चुर भइयो भने नाकबाट लामो श्वास तान्ने र मुखबाट फ्याक्ने गर्नुपर्छ। लामोलामो श्वास लिँदा पनि मास्क खोल्नु पर्छ। तर अन्य व्यक्ति हिँडिरहेको ठाउँमा मास्क खोल्नु हुँदैन। अरु कोही नभएको एकान्त ठाउँमा गएर मास्क फुकाल्ने गर्नुपर्छ।

३. मास्कको उचित प्रयोग( कोरोनाबाट बच्न मास्कको प्रयोग गर्नुपर्छ भनेर अब भनिरहनु नपर्ला। बिहान, दिउँसो वा बेलुका कुनै पनि बेला हिँड्दा मास्कको उचित तबरले प्रयोग गर्नुपर्छ। धुलो, धुवाँ र वातावरण प्रदूषित स्थानमा हिँड्दा जुनसुकै समयमा पनि मास्कको प्रयोग गर्नु राम्रो हो।

४. सामाजिक दूरी( कोरोना संक्रमणबाट बच्नको लागि विश्व स्वास्थ्य संगठनले नै एक मिटरको सामाजिक(भौतिक दूरी कायम गरौं भन्ने सन्देश जारी गरेको छ। छिटोछिटो हिँड्दा श्वास लिने काम पनि छिटोछिटो नै भइरहेको हुन्छ। यस्तो अवस्थामा मास्क समेत खोलेर श्वास फेर्नुपर्ने पनि हुनसक्छ। त्यसैले सामाजिक दूरी कायम राख्नु नितान्त जरुरी छ।

५. समूहमा नहिंड्ने( मर्निङ वाक गर्दा साथीभाइसँग जिस्केर, गफिएर हिंड्नु त्यसै पनि राम्रो होइन। त्यसैमाथि यो कोरोनाको कहरमा त झन समूहमा हिंड्नै हुँदैन। कोरोना भाइरस ड्रपलेटको रुपमा हावामा निकै बेर तैरिएर बसेका हुन्छन् भन्ने तथ्य सार्वजनिक भइसकेको अस्वथामा समूहमा हिंड्नु भनेको कोरोनालाई स्वागत गरे सरह हुन्छ। कुनै एक जना संक्रमित छ भने अरु सबैमा सर्ने सम्भावना हुन्छ।

६. हिंड्ने ठाउँको छनोट( वर्तमान अवस्थामा जथाभावी हिँडडुल गर्नु कदापि राम्रो होइन। कोरोना संक्रमणबाट बचाउन सरकारले लकडाउन समेत गरेको अवस्थामा हिंड्नको लागि उचित स्थान छनोट गर्नुपर्छ। कुनै ठाउँ नपाइएको अवस्थामा घरको सिंढीमा थुप्रै पटक तलमाथि पनि गर्न सकिन्छ। तर हिंड्न पाइने अवस्था छ भने एकान्त ठाउँ र कम मान्छेहरु हिँडडुल गर्ने ठाउँ रोज्नुपर्छ। अहिले कोरोना मात्र होइन, बाढीपहिरोको समेत भयावह अवस्था रहेको छ। त्यसैले यस्तो अवस्थामा हिंड्ने ठाउँ छनोट गर्दा ध्यान दिनु जरुरी छ। खोला नालाको किनार, भिर(पहाड जस्ता ठाउँमा हिंड्नु हुँदैन। निकै एकान्त ठाउँमा पनि हिंड्नु भएन। कम्तीमा केही बितल पर्‍यो भने आकस्मिक दुर्घटना भयो भने तुरुन्त उद्धार हुन सक्ने ठाउँमा हिंड्नु पर्छ।

७. कपडाको छनोट( मर्निङ वाक जाँदा मौसम अनुसार सजिलो हल्का तर शरीर पूरै ढाकिने कपडा लगाउन उपयुक्त हुन्छ। कोरोना संक्रमणबाट बच्नको लागि सिल्की चिप्लो कपडाहरु प्रयोग गर्दा उत्तम हुन्छ। हल्का ज्याकेट लगाउँदा राम्रो हुन्छ। लामो बाउला भएको सकभर शरीरका सबै आङ ढाक्ने कपडाको प्रयोग गर्‍यौं भने भाइरस सर्ने सम्भावना कम हुन्छ। कोरोनाको महामारी नै भएर गाउँसहरभरि समुदायमा सक्रमण फैलिएको अवस्थामा नहिँडी नहुने भयो भने मास्कको साथै अनुहार छोप्ने भाइजर समेत प्रयोग गर्नुपर्छ।

८. हेडफोनको प्रयोग नगर्ने( कानमा हेडफोन कोची हिँड्दा पछाडिबाट कुनै हिंस्रक जनावर वा कुनै समूह आउँदै छ कि भन्ने समेत थाहा हुँदैन। आजको कोरोनामय समयमा हाम्रो अगाडि(पछाडि कस्तो मान्छे आउँदै छ भन्ने कुराको जानकारी लिनु पनि कोरोनाबाट बच्ने एक उपाय भित्रै पर्छ।  मर्निङ वाकलाई रमाइलो र निरन्तरता दिने उद्देश्यले कानमा इयरफोनको डल्ला कोचेर गीत सुन्दै हिंड्नेहरु धेरै हुन्छन्। तर शारीरिक तथा मानसिक दुवै तबरले कानमा हेडफोन खोचेर हिंड्नु राम्रो मानिँदैन। त्यसै पनि हाम्रो भित्री कानमा भेस्टिबुलर सिस्टम रहेको हुन्छ, जसको काम ब्यालेन्स गर्ने हुन्छ। भित्री कानमा खराबी भयो भने हिँड्दाहिँड्दै चक्कर लाग्ने, ढल्ने हुन्छ। हेडफोनको चर्को म्युजिकले कहिलेकाहीं भेस्टिबुलर सिस्टममा हानि पुर्‍याउन सक्छ। हिँड्दा गीत(संगीत सुन्नाले मौन हिंड्न अवरोध हुन्छ। गीतका शब्दले दिमागमा अनेकौ तर्कनाहरु उब्जाउने गर्छ। जसले गर्दा हिँडाइको ध्यान भंग हुन्छ।

९. रेडियो नसुन्ने, अखबार नपढ्ने( यस कोरोनामय अवस्थामा हिँड्दा रेडियो, एफएम तथा अखबार पढ्दै र सुन्दै हिंड्नु हुँदैन। प्रायजसो मर्निङ वाक गर्दा धेरैले रेडियोमा समाचार सुन्दै हिंडेको पाइन्छ जुन बिल्कुल गलत अभ्यास हो। हिँडाइको अर्थपूणर् उद्देश्य पूरा गर्नु छ भने मौन हिँडाइ नै उपयुक्त हुन्छ। सामाचार सुन्दै हिँड्दा सिर्फ हाम्रो खुट्टा मात्रै हिँडेको हुन्छ, मन र मष्तिस्क कताकता भौंतारिइरहेको हुन्छ। लडाईं, झगडा, तनाव जस्ता नकारात्मक कुरा नै समाचारका प्रमुख विषय हुने गर्दछन्। अहिलेको अवस्थामा कोरोनाले यति मरे र उति मरे, बाढी र पहिरोले यति घर बगायो भन्ने नै प्रमुख समाचार बन्ने गरेका छन्। यस्तै समाचार पढेर हेरेर, सुनेर मानसिक बिरामी बढेका छन्। थुप्रैले आत्महत्या समेत गरिसके। फेरि हामी तिनै समाचार सुन्दै मर्निङ वाक गर्दा के चाहिँ उपलब्धि होला र?

१०. धूमपान, मद्यपान नगर्ने( मर्निङ वाकमा कहिले पनि धूमपान गर्नु हुँदैन। झन् कोरोनाको यस माहोलमा त गर्नै हुँदैन। किनकि कोरोना भाइरसले सबैभन्दा पहिले असर गर्ने भनेकै फोक्सोमा हो। धूमपानले फोक्सो खराब गर्छ। फोक्सो कमजोर भएको अवस्थामा भाइरस सर्ने सम्भावना बढी हुन्छ। मास्कलाई तल चिउँडोमा सारेर धूमपान गर्दा मास्क समेत प्रदूषित भइरहेको हुन्छ। साथै वरिपरिको वातवरण प्रदूषित भई हिँड्नेलाई समेत असर गर्छ। सार्वजनिक स्थलमा धूमपान गर्नु भनेको असभ्य नागरिक बन्नु हो।

११. खानपानमा ध्यान( सामान्यतयास् मर्निङ वाक हिँड्न सुरु गरेपछि खानपान र जीवनशैलीमा पनि ध्यान दिनु उत्तिकै जरुरी हुन्छ। कोरोनाको अवस्थामा खानापानमाथि ध्यान दिन झन् धेरै जरुरी हुन्छ। खानामा रोग प्रतिरोधात्मक शक्ति बढाउने तत्वहरु भएको खाना खानु पर्नेहुन्छ। जस्तैस् हरियो सागपात, फ्रेस जुस पिउनु र  पोषिलो खाना राम्रो हुन्छ। दूधमा अलिकति बेसार राखेर सुत्ने बेलामा पिउँदा राम्रो हुन्छ। राति अबेरसम्म नबस्ने, ठिक समयमा सुत्नुपर्छ। आफ्नो रोगको प्रकृति अनुसार खानामा सबै प्रकारको खनिज तत्व पाइने खाना खानु पर्छ। हिँडेर फर्केपछि दुई गिलास मनतातो पानी पिउनु राम्रो हुन्छ।

१२. जनावरको साथमा नहिँडौ( मर्निङ वाक जाँदा कुकुर पनि सँगै लिएर हिंड्नेहरु धेरै देखिन्छन्। कोरोनासँग बचेर मार्निंङ वाक गर्दा नितान्त एक्लै हिँड्नु पर्छ। जनवारसँगै हिँड्दा हाम्रो ध्यान हिँड्नमा कम त्यो जनावरको रेखदेखमा धेरै हुन्छ। जसले गर्दा हिँड्नुको कुनै उद्देश्य नै पूरा हुँदैन।

१३. नुहाउने तरिका( मर्निङ वाक गरिसकेपछि नुहाउनु अनिवार्य मानिन्छ। पसिनाको गन्धलाई हटाउन पनि नुहाउनुपर्ने हुन्छ। मर्निङ वाकबाट फर्केर सिधै बाथरुममा गएर सावरमा थापिनु राम्रो हुँदैन। केहीबेर बसेर, पसिना ओभाइसकेपछि नुहाउनु पर्छ। कोरोनाको यो अवस्थामा राम्रोसँग साबुनपानीले सम्पूणर् शरीर नुहाएर मात्र घरभित्र पस्नु राम्रो हुन्छ।

यद्यपि, दम रोग तथा श्वासप्रश्वासका दीर्घरोगीलाई कोरोना संक्रमण भएपछि जटिल अवस्था सिर्जना हुने भएकोले यस्ता रोगीहरुले बाहिर हिंड्नु राम्रो मानिँदैन। आफू अस्वस्थ भएको महसुस भएमा तथा शरीरको तापक्रम बढेको बेला मर्निङ वाक गर्नु हुँदैन।