Saturday, June 20News That Matters

कोरोना रोकथाम तथा नियन्त्रणमा १३ नं वडाको पहल र सक्रियता

पूर्णपुष्टि, जेष्ठ २३

१३ नं वडाले कोरोना संक्रमण बाट सुरक्षित हुने बारे बिभिन्न कार्यहरु संञ्चालन गरेको छ । माहामारीको बिच वडावासीहरुलाई सुरक्षित र रोग बाट मुक्त बनाउन वडामा स्वास्थ्य क्षेत्रलाई पूर्व तयारीका साथ व्यवस्थीत गरिएको छ । वाडाले कोरोना रोकथामका लागी स्थानीयहरुलाई सचेत गराउनुका साथै आवश्यक कुराहरुमा पहुच पुराउँदै आएको छ । हाल वडाभित्र २७ जना संक्रमित रहेको छ भने ५ जनाको ज्यान गएको छ । वडा भित्र रहेको संक्रमितहरुलाई करोना बाट सहजै पराजय गराउनका निम्ति वडाले फलफुल तथा स्वास्थय सामाग्री पनि प्रदान गर्दै आईरहेको छ । स्थानीय सरकारको जिम्मेवारीको हिसावले वडालाई कोरोना मुक्त राख्न वडावासीहरुलाई सचेत गराउँदै आईरहेको वडाअध्यक्ष पशुपती चौधरीले बताउनुभयो ।कोरोना रोकथामका निम्ति स्वास्थ्य तथा सुरक्षाको मापदण्ड अपाउँदा अपनाउँदै पनि भित्रिएको संक्रमणलाई भयाबह हुन नदिन र नियन्त्रण गर्न वडा सचेत रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

वडाले जटिल अवस्थाका विरामीलाई ५ वेडको आईसोलेसन समेत तयार गरिनुका साथै ५ ओटा अक्सिजन र ५ ओटा सिलिण्डर वडामै व्यवस्था गरेको छ । अन्य सामान्य किसिमको बिरामाीहरुलाई पनि जतिसक्दो कोरोना बाट मुक्त बनाउन र मृत्यु बाट बचाउन स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानी र औषधीको पहँच रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।वडाभित्रका सबै संक्रमितहरुलाई इम्युनिटि पावर बढाउने पोषिलो फलफुल, स्वास्थ्य राख्न स्वास्थ्य सामाग्रीहरु र औषधी पनि वडाले प्रदान गर्दे आईरहेको छ । संक्रमितहरुलाई स्वास्थ्यकर्मीहरुको परामर्श अनुरुप औषधीहरु प्रयोग गर्न जानकारी गराईएको छ ।

वडाले कोरोना नियन्त्रनका लागि पिसिआर परिक्षण, स्वास्थ्य मापदण्ड, निषेधाज्ञाको पालना, जनचेतना, मनोविमर्शकर्ता, स्वास्थ्यकमीहरु बाट प्रत्यक्ष निगरानी जस्ता कार्यको लागि वडाले निर्देशन गरेको छ । वडा भित्र होम क्वारेन्टाईन भित्र रहेका संक्रमितहरुलाई १ जना स्वास्थ्यकर्मी छुट्टै खटाईएको छ ।

वडाले कोरोना संक्रमित बाट व्यान गुमाउने परिवारलाई किरिया खर्च बापत रु ५ हजारको दरले आर्थिक सहयोग पनि गर्दै आईरहेको छ । वडाले करिब २५ घरलाई राहतको पनि व्यवस्था गरिसकेको छ ।