Thursday, May 21News That Matters

कोरोना रोकथाम तथा नियन्त्रण बारे बेलकामा अनुगमन

बेलका/बैशाख, २३

प्रदेश सांम्सदहरु सहितको टोलीमा जिल्ला समन्वय समिति उदयपुरले बेलका नगरपालिकाको क्वारेन्टाइन र स्वास्थ्य सहायता कक्षहरुको मंगलबार अनुगमन गरेको छ । समन्वयले बेलकामा कोरोनाको अवस्था, रोकथाम र नियन्त्रणका लागि आवश्यक समन्वय गर्दै  नगरमा तयार पारिएका भौतिक निर्माणको अवस्थालाई स्थलगत अनुगमन गरि बुझेको छ ।

जिल्ला समन्वय समितिको संयोजकत्वमा प्रदेश सरकारको निर्देशन अनुसार प्रदेश सांम्सदहरुले आफ्नो जिल्ला र क्षेत्रहरुमा बिषेश भुमिका खेल्नु पर्ने भन्दै प्रदेश सांम्सद र जिल्ला समन्वय समिति सँगको सहकार्य र सहमन्वयमा १ नं प्रदेशका प्रदेश सांम्सदहरु विमल कार्की, अम्बिका थापा, सुनिता चौधरी, जिल्ला समन्वय परिषद उदयपुरका संयोजक खड्ग परियार, र जिल्ला समन्वय परिषद उदयुरका सह संयोजक गंगा राई सहितको टोलीले बेलका नगरपालिका स्थित कोरोन अवस्थाबारे अनुगमन गरेको हो ।

बेलका नगर प्रमुख दुर्गा कुमार थापाले नगरमा संचालनमा रहेको सहायता कक्षबाट प्रदान भईरहेका सेवाको बारेमा अनुगमन टोलीलाई प्रष्ट पारेका छन् ।  बेलका नगरपालिकाको ४ स्थानमा ८३ बेड बराबरको क्वारानटाइन निर्माण गरिएको छ । हाल सम्म क्वारेन्टाइनमा ७५ जनालाई राखि सकिएको अवस्था छ भने, नगरमै २ बेटको आइसोलेसन पनि सञ्चालन गरिएको नगर प्रमुख थापाले बताउनुभयो ।

नगरले पार्टेसन सहितको ३ वटा यम्बुलेन्स सञ्चालन सँगै स्वाब परिक्षणका लागि २ जना तालिम प्राप्त संकलनकर्ता पनि तयारी अवस्थामा राखेको छ ।

नगरले यसको रोकथाम र नियन्त्रणको लागि थप सामाग्रीहरुको आवश्यक रहेको बताए । पिपिइ सेट, सर्जिकल तथा केएन 95 माक्स, सेनीटाइजर, थर्मल स्क्यानर, डिजिटल थर्ममिटर, ग्लोव्स, आरडिटि किट, पिसिआर, लगाएतका समाग्रीहरु सिमित मात्रामा उपलब्ध भएता पनि यसको थप आवश्यक रहेको थापाले बताउनुभयो ।

बेलकाले माहामारीको वेलानै अन्य देशहरु बाट पालिकामा भित्रिएको व्यक्तिहरुको तत्काल पहिचान गरी उनिहरुलाई सुरक्षाको आवश्यक निती र निगरानीमा राखिएको जनाएको छ । २ जना कुवेत, १ जना जोर्डन, १ जना माल्दिभ्स, २ जना चिन, २ जना साउदी अरब, ७ जना मलेसिया, १० जना दुबई, १६ जना कतार र ४७ जना भारत गरी जम्मा ८८ जना बेलकामा बाहिरबाट भित्रिएका थिए । जसमा १५ महिला र ७३ जना पुरुषहरु रहेका छन् ।

नगरपालिकाले पहिलो चरनमा ५१ हजार ६ सय केजी चामल वितराण गरेको छ । जसमा २ हजार चौसठी घरले राहत पाएका छन् भने दोस्रो चरणमा २४ सय सात परिवारले १५ दिन खपत हुने गरी ७ हजार ३ सय नब्बे केजी चाल प्राप्त गरेको छ । त्यसमा तेल र दाल प्रति परिवार १ लिटर, १ केजी वितरण गरिएको छ ।

प्रदेश सांम्सद विमल कार्की लगाएतले बेलका नगरपालिका सुरुवाती अवस्था बाटै उच्च सतर्कता बन्दै आएको बताउनुभयो । उहाँहरुले मनोविमर्श सेवा तथा क्वारेन्टाइनमा बस्नेहरुलाई थप भौतिक सुविधामा ध्यान राख्न अनुरोध समेत गर्नुभयो ।

समन्वय प्रमुख तथा अनुगम संयोजक खड्ग परियारले कोरोना रोकथाम र नियन्त्रणमा आवश्यक सामाग्री र चेतनामुलक कर्यहरुको भुमिकामा थप समन्वय गर्ने बताउनुभयो । उहाँले यसका लागि समन्वय परिषदको प्रतिवेदनमा नगरको मागलाई सम्बोधन गर्न पहल गर्ने बताउनभयो ।