Thursday, July 2News That Matters

कोरोना रोकथाम र नियन्त्रणमा नगरले गरेको प्रयास

गाईघाट/जेष्ठ, २

कोरोनाले विश्व आक्रन्त पारिरहेको अवस्था नेपाल पनि यसको भागेदार बनेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केमा पनि केहि समय एता नेपालकै ठुलो सँख्यामा कोरोना संक्रमण फैलिएपछि देशमा तहल्कै मच्यायो । यो अवस्थामा स्थानीय सरकारले चुनौतीको रुपमा रहेर काम गरेको छ ।

त्रियुगा नगरपालिकाले तत्काल यसको रोकथाम र नियन्त्रण सहित मानिसको बैज्ञानिक सन्त्रासलाई नियन्त्रण गर्न विभिन्न कार्यहरु अघि बढाएको त्रियुगा नगरपालिकाको मेयर वलदेव चौधरीले जनाएको छ ।

उदयपुरमाको भुल्केमा ठुलो संख्यामा कोरोना फैलिएपछि नगरले तत्काल प्रदेश र संघको समन्वयमा नेपाली सेनाको टोलीबाट तत्काल भुल्केबासीहरुको स्वाव परिक्षण गराउने काम भएको चौधरीले बताए ।

चौधरीले अहिले नगरले यसको रोकथाम र नियन्त्रणमा पूर्ण रुपले लागि परिरहेको र यो अवधिमा स्वास्थ्य सेवा, राहत वितरण, र पूर्नस्थापनको कार्यलाई प्राथामिकतामा राखि काम गरिएको बताए ।

नगरले बिषेश गरी रोगको रोकथाम गर्न अग्रिम रुपमा सूचना सन्देश ब्यापक बनाएको छ । बिभिन्न संञ्चार माध्यम तथा ब्यानर पम्पल्लेट, माइकिङ, जस्ता माध्यमबाट यसको प्रचार प्रसारमा तिब्र बनाएको हो ।  व्यक्तिगत सरसफाई, औषधि छर्ने, विदेशबाट आएकाहरुको विवरण संकलन, क्वारेन्टाइन र एकान्तवासको काममा पनि नगरले काम गरेको बताए ।

नगरले यो अवस्थामा संकट परेका कृषक तरकारी, दुध  जस्ता वस्तुको पनि उपभोगमा सहयोग पुराएको छ । नगरले करिब ५ कुइन्टल बराबरको कांक्रा, लौका, पर्सि र खरबुजा जस्ता तरकारीहरुको जिम्मा लिएर बेच्ने कार्य समेत गरेको बताएको छ । साथै १ लाख १४ हजार बराबरको दुध पनि नगरले जिम्मा लिएको बताएको छ ।

यसैगरी नगरले त्रियुगा नगर राहतकोष स्थापना गरी बिभिन्न व्यक्ति संघ संस्था, ब्यापारी, निर्माण व्यवसायी संघ, बन, बैँङक, कृषि, महिला समूह, यातायात, बिद्यालय, सँगठन तथा महासंघ लगाएत बाट प्राप्त रकमलाई खाद्यन्न राहत, स्वास्थ्य सामाग्री, भौतिक सामाग्रीहरुमा व्यवस्थापन गर्दै आइरहेको जनाएको छ ।

नगरले यो अवस्थामा हुने कालोबजारी, मिलेमतो जस्ता कार्यहरुलाई रोक्न बजारको अनुगमन पनि गरेको नगर प्रमुख चौधरीले बताए । चौधरीले काठमाण्डौँमा रहेका करिब २०० जना उदयपुरे जनताहरुलाई पनि खाद्यन्न वितरण गरेको बताए ।