Friday, May 22News That Matters

कोरोना विरुद्धको खोपको मूल्य १४० डलर

पूर्णपुष्टि, भदौ १२

चिनियाँ कम्पनी सिनोफार्मले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य एक सय ४० डलर अर्थात करिब १५ हजार रुपैयाँ तोकेको छ ।

परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

एक महिनाअघि खोजी गरिरहेको खोपको परीक्षण अन्तिम चरणमा पुगेको र त्यसले उत्साहजनक काम गर्ने कम्पनीले जनाएको छ ।

विश्वमा अन्तिम चरणका परीक्षणमा रहेका छ वटा खोपमध्ये आधा खोप चिनियाँ हुन् । चीनमा भने कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ भने विश्वमा फैलिँदै गएको संक्रमण नियन्त्रणका लागि खोप अनिवार्य सर्त हो ।

विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ४६ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने आठ लाख ३४ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ । एक करोड ७० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् ।