
पूर्णपुष्टि, जेठ २१ गते ।
नेपालमा कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक मृत्यस भएको मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेको जनाईएको छ । उनको स्वास्थ्य अवस्था विग्रिएपछि केही समयपहिले त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको गरिएको थियो ।
उपचारका क्रममा शल्यक्रियासमेत गरिएको र पछि उहाँमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालले जनाएको छ ।
