Wednesday, May 20News That Matters

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पुर्णपुष्टि,असोज ७ 

सिराहाको औरी गाउँपालिका–३ का ५० वर्षीय पुरुषको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको छ । धरानको वीपी कोइराला अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

मृतक पुरुषमा मस्तिष्क घातका साथै टाउको दुख्ने, उल्टी आउने जस्ता समस्या देखिएपछि विराटनगरस्थित न्युरो अस्पतालमा उनलाई भर्ना गरिएको थियो । त्यसै क्रममा विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा स्वाब संकलन गरी परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

उनको कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले सोही दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो ।