Friday, May 22News That Matters

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ ८

कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा हिजो राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यहि भदौ ४ गते स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो ।

मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् । योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।