
पूर्णपुष्टि, फागुन ११
नेपालमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या दुई हजार ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप एक सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा दुई लाख ७३ हजार ६ सय ६६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै थप एक सय दुई जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार ६८ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा एक हजार पाँच सय ३३ जना आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।
