Friday, May 22News That Matters

कोरोना संक्रमणबाट विश्वका १० देशमात्र सुरक्षित

पूर्णपुष्टि, भदौ ८

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट अहिले १० वटा देश मात्र सुरक्षित रहेको छ । गत  डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका दुई सय १३ देशमा फैलिसकेको छ ।

अहिलेसम्म माइक्रोनेशिया, मार्शल आइल्याण्ड, नाउरु, किरिबाती, सोलोमन आइल्याण्ड, तुवालु, समोआ, भानुअतु र टोङ्गा देशमा कोरोना नदेखिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

अहिलेसम्म विश्वमा २ करोड ३१ लाख ४१ हजार १ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुदा ८ लाखभन्दा बढी मानिसको मृत्यु भईसकेको छ ।