Wednesday, May 27News That Matters

कोरोना संक्रमणले बिरगन्जका चिकित्सक हुसेनको मृत्यु

पूर्णपुष्टि, जेष्ठ ९

कोरोना संक्रमण बाट बिरगन्जका एक चिकित्सक मुराद हुसेनको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयरलगायत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा काम गरेका उनको कोरोना संक्रमणबाटै आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका २९ वर्षीय चिकित्सक हुसेनको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

डा. हुसेनले एक महिनाअघि मात्रै शेख मुजीब मेडिकल युनिर्भसिटी बंगलादेशबाट पढाइ पूरा गरेका थिए ।

कोरोना संक्रमितको उपचारमा समेत खटिएका डाक्टर हुसैनसँगै वीरगञ्ज हेल्थ केयरका ५ जना चिकित्सकलाई एकैपटक कोरोना संक्रमण पुष्टी भएको थियो ।

वीरगञ्ज हेल्थ केयरका सञ्चालक डा. अबुल हैस अन्सारीका अनुसार डा. हुसैनको एक साता जति वीरगञ्जमै राखेर उपचार चलिरहेको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि १० दिनअघि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।