Sunday, June 28News That Matters

कोरोना संक्रमण बाट इनिस्पेक्टरको मृत्यु

पूणर्पुष्टि, मंसिर ९

कोरोना संक्रमणका कारण सशस्त्रका प्रहरी निरीक्षक ( इनिस्पेक्टर ) नविन बुढाथोकीको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल ३ नम्बर गण मोरङमा कार्यरत इन्स्पेक्टर) बुढाथोकीको कोरोना संक्रमणबाट मंगलबार मृत्यु भएको हो ।

उनलनलाई बिराट मेडिकल कलेजको भेन्टीलेटरमा राखेर उपचार गरिरहेको अवस्थामा मृत्यु भएको हो ।

बुढाथोकी कात्तिक २७ गते उक्त मेडिकल कलेजमा भर्ना भएका थिए । वि.स. २०६८ सालमा बुढाथोकी सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षकको रूपमा सेवा प्रवेश गरेका थिए । सशस्त्र प्रहरी बल एक नम्बर बाहिनी पकलीका एसएसपी कमल गिरीका अनुसार बुढाथोकी तेह्रथुमको म्याग्लुङ नगरपालिका-१ का हुन् ।

कोरोनाको लक्षण जस्तो भएपछि उनलाई हस्पिटल भर्ना गरिएको थियो । स्थिति गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि उनलार्ई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।