
पूर्णपुष्टि जेठ १ गते ।
विश्वका कोरोना संक्रमितमध्ये १६ लाख ५४ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । विश्वमा ४४ लाख २२ हजार भन्दा बढी संक्रमित भएकामध्ये अहिलेसम्म १६ लाख ५४ हजार ८ सय १९ जना उपचारपछि निको भएका हुन् ।
उक्त संक्रमितमध्ये २ लाख ९७ हजार ५ सय ५२ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ ।
अमेरिका अहिलेसम्म संक्रमितको संख्या १४ लाख २७ हजार पुगेको छ । यस्तै भारतमा संक्रमितको संख्या ७८ हजार नाघेको छ भने भारतमा २५ सय ५१ जनाले मृत्यु भईसकेको छ ।
