Wednesday, May 27News That Matters

कोरोना संक्रमितहरुलाई १३ नं वडाले फलफुल, औषधी र स्वास्थ्य सामाग्री वितरण गर्यो

पूर्णपुष्टि, जेष्ठ ९

त्रियुगा नगरपालिका वडा नं १३ ले आफ्नो वडा भित्र कोरोना संक्रमित भएकाहरुलाई फलफुल, औषधी र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

वडाले मृतक परिवारलाई कृया खर्च स्वरुप ५ हजार र संक्रमितहरुलाई भने औषधी, फलफु र स्वास्थ्य सामाग्री वितरणको काम गरेको छ । संक्रमितहरुलाई आत्ममनोवल स्वरुप बिभिन्न आवश्यक सामाग्रीहरु वडाले वितरण गर्दै आईरहेको वडा अध्यक्ष पशुपति चौधरीले बताउनुभयो ।

चौधरीले बिरामीहरुलाई स्वास्थ्य राख्न मदत पुराउने फलफुल रोग नियन्त्रणका औषधी र सुरक्षितका लागि स्वास्थ्य सामाग्रीहरु सेनिटाईजर, सावुन, मास्क पन्जा लगायतका सामाग्रीहरु वितरण गर्दै आईरहेको बताउनुभयो । आईतबार वडाको हवाईफिल्ड स्थित संक्रमित ३ परिवारमा सामाग्री वितरण गरेको हो । वडा अध्यक्ष चौधरी सहित, वडा सदस्यहरु र वडाका कर्मचारीहरुले सामाग्री वितरण गरेको हो । वडाले यो भन्दा केहि दिन अगाडी मात्रै मृतक परिवारलाई कृया खर्च र स्वास्थ्य सामाग्री वितरण गरेका थिए । कोरोना बाट ग्रसित वडावासीहरुलाई वडाको तर्फबाट केहि राहत स्वरुप आत्मा मनोवल बढाउने र संक्रमितहरुलाई स्वास्थ्य तथा कोरोना संग लड्न थप मदत पुराउँदै कोरोनालाई पराजित गर्न सहयोगका लागि सहयोग गरेको वडा सदस्यहरुले बताउनुभयो ।

वडामा अन्य संक्रमितहरु भए वडामा सम्पर्क राख्न समेत अध्यक्ष चौधरीले आह्वान गर्नुभयो ।