
पूर्णपुष्टि, चैत २८ गते ।
कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित एक जेष्ठ नागरिक उपचारपछि निको भएको छ । धेरै बृद्ध एक सय एक वर्षीय जेष्ठ नागरिक उपचारपछि निको भएको हो ।
बेलायतको वोरसेस्टरशायरका जेष्ठ नागरिक किथ वाट्सन उपचारपछि निको भएको वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । शल्यक्रियाको लागि अल्पताल पुग्दा उनमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो । भाईरस पुष्टि भएपछि केही समयको उपचारपछि किथ निको भएको संचारमाध्यमहरुले जनाएको छ ।
