Tuesday, June 9News That Matters

कोरोना संक्रमित न्यायधीशको निधन

पूर्णपुष्टि, बैशाख ३०

टेकु अस्पताल भेण्डीलेटरमा उपचार भईरहेका कोरोना संक्रमित एक न्यायधीश को निधन भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको हो ।

ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए । कोरोना संक्रमणकै कारण रौतहट जिल्ला अदालतमा नासु पदमा कार्यरत कर्मचारी अनुठा राय यादवको पनि बुधबार नै निधन भएको छ ।