
पूर्णपुष्टि,वैशाख ८
कोरोना भाईरस कोभिड–१९ संक्रमणको कारण दाङमा एक पत्रकारसहित दुईको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१७ का ४० पुरुषको काठमाडौंमा मंगलबार राति ज्यान गएको हो ।
केही हप्ता पहिले टाइफाइड देखिएका उनमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि काठमाडौं लगिएको थियो ।

त्यसैगरी भेरी अस्पताल नेपालगन्जमा उपचाररत बांकेको नेपालगन्ज–१२ का एक पुरुषको पनि कोरोना संक्रमणका कारण ज्यान गएको छ । ७० वर्षीय ती पुरुषको उपचारकै क्रममा मंगलबार राति १२ बजे ज्यान गएको अस्पतालले जनाएको छ ।
उनमा चैत्र २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनी अस्पताल भर्ना भएका थिए ।
