Thursday, May 28News That Matters

कोरोना संक्रमित युवती उपचारपछि निको भए

पूर्णपुष्ट, बैशाख ६ गते । 

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित दोस्रो व्यक्ति उपचारपछि निको भएरको छ । काठमाण्डौको शहीद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी स्वस्थ भएर एक युवती शनिबार घर फर्किएकी अस्पतालले जनाएको छ ।

गत चैत १० गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्जपछि उनले उपचारमा संलग्न डाक्टर तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिएकी छिन् ।

काठमाण्डौ घर भएकी उनी गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाण्डौ आएकी थिइन् । गत चैत ९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै टेकु अस्पतालमा उपचार गराइरहेका अर्का एक जना कोरोना सङ्क्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतलले जनाएको छ । यसअघि पहिलो सङ्क्रमित पनि उपचारपछि निको भएर फर्किसकेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण उपचारपछि निको हुने भएकाले बेलैमा उपचार गराउन र सतर्क रहन डाक्टरहरुले सुझाव दिँदै आएका छन् ।