
पूणर्पुष्टि, जेष्ठ ३
दाङमा कोरोना संक्रमित एक वडाअध्यक्षको निधन भएको छ । दंगीशरण गाउँपालिका वडा-३ का ३६ बर्षिय वडाध्यक्ष पूणर्बहादुर चौधरीको कोरोना संक्रमणका कारण निधन भएको हो । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको सोमबार निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।
यसैगरी कोनाबाट नै बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा सोमबार अपराह्न निधन भएको हो ।
