Thursday, May 21News That Matters

कोरोना सङ्क्रमित भेटिएको भ्रामक विवरण फेसबुकमा पोस्ट गर्ने १ जना पक्राउ

पूर्णपुष्टि, बैशाख २ गते । 

दाङबाट कोरोना भाईरस (कोभिड–१९) सङ्क्रमित फेला परेकोे भ्रामक विवरण फेसबुकमा पोस्ट गर्ने एक जना पक्राउ परेको छ । कोरोना संक्रमित फेला परेको भ्रमक विवरण फेसबुकमा पोष्ट गर्ने दिपक न्यौपानेलाई घोराहीबाट प्रहरीले पक्राउ गरेको हो ।

फेसबुकमा भ्रमक विवरण पोष्ट गर्ने घोराही उपमहानगरपालिका–१५ निबासी २८ वर्षीय न्यौपानेलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आफ्नो फेसबुक स्ट्याटसमा दाङमा पनि एक जना कोरोना भाइरस सङ्क्रमित भेटिएको भनी भ्रामक विवरण पोष्ट गरेर जनमानसमा डर त्रास फैलाउले काम गरेकाले नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइको जिप्रकाले जनाएको छ ।