
पूर्णपुष्टि, असार ६ गते ।
१. प्रदेशबाट थप १० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ४ महिलासहित १० जना निको भएर डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेमा खोटाङ र सुनसरीका ३–३ जना तथा उदयपुर र मोरङका २–२ जना छन् । डिस्चार्ज भएकाहरु २१ देखि ४० वर्ष उमेर समूहका छन् । उनीहरु गत २१ देखि २५ गतेसम्मको अवधीमा अस्पतालमा भर्ना भएको कोशी अस्पताल कोभिड उपचार केन्द्रले जनाएको छ ।
१० जना डिस्चार्ज भएपछि १ न. प्रदेशबाट डिस्चार्ज हुनेको संख्या २ सय ३४ पुगेको छ । १ न. प्रदेशमा संक्रमितको संख्या ४ सय २२ पुगेको छ ।
