
वैशाख २
विराटनगरको कोशी अस्पताल कोरोना भाइरस (कोभिड–१९) उपचार केन्द्रमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
आज बिहान करिब ४ बजे विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिला बुधबार दिउँसो श्रीमानसँगै कोरोना अस्पतालमा भर्ना भएकी थिइन् । नोबेल अस्पतालमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।
स्कुटरमा अस्पताल पुगेकी महिलाको अवस्था सामान्य थियो । तर एक्कासी अक्सिजनको मात्रा कमी भएका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
