
उदयपुर, मंसिर २८ गते ।
भाईबन्धुहरुको संरक्षण र सम्र्बद्धन गर्ने उदेश्यले गठन भएको पुवाँर खड्का सेवा समाज चौदण्डीगढी नगर कमिटीको अध्यक्षमा गणेशबहादुर खड्का सर्वसहमत चयन भएका छन् ।
उद्यौली पर्वको अवसरमा आयोजित नगरअधिवेशनले खड्काको नेतृत्वमा ११ जना रहेको कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्ष, सचिब, सहसचिब र कोषाध्यक्षमा क्रमश तिलकबहादुर, धर्मराज, भरत र चन्द्रिका खड्का चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा भिमबहादुर खड्का, विमला, लोकबहादुर, मन्दिरा, कविराज र विरेन्द्र खड्का चयन भएका छन् । त्यसैगरी नगरपालिकाका वडानं १० का वडाध्यक्ष रामकुमार खड्काको संयोजकत्वमा ५ सदस्य सल्लाहकार समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा जगतबहादुर, सुर्यबहादुर, डिल्लिबहादुर र संगिता खड्का रहेको निर्वाचन समितिका सदस्य अम्बरबहादुर खड्काले जानकारी दिए । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पुवाँर खड्का सेवा समाजका जिल्ला अध्यक्ष कृतिबहादुर खड्काले बन्धुत्वको विकास र भाईचारा कायम गर्नका लागि पुवाँर खड्का सेवा समाजले भुमिका निर्वाह गर्ने बताए ।
उनले मर्दापर्दा र अफ्ठ्यारो परेको बेला दाजुभाई नै चाहिने भएकाले त्यसलाई संगठित गर्न दाजुभाईको एकता आबश्यक रहेको बताए । कार्यक्रममा सेवा समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार मानवअधिकारकर्मी भरत खड्काले अन्य जातिलाई काउण्टर दिनभन्दा पनि छरिएर रहेका दाजुभाईलाई संगठित र भावनात्मक एकताको सुत्रमा बाँध्न संस्थाको भुमिका रहने बताए ।
त्यसैगरी सल्लाहकार अम्बरबहादुर खड्काले संस्थाले दाजुभाईको भावनात्मक एकतासँगै बृतिविकासमा जोड दिनु पर्ने बताए । समितिका उपाध्यक्ष सरिता खड्काले संगठित बलबाट मात्र अवसर प्राप्तिमा सघाउ पुग्ने बताईन् ।
