
पुर्णपुष्टि, जेष्ठ २० इँटा उद्योगमा चिम्नीका लागि खनिएको खाल्डोको पनीमा डुबेर सर्लाहीमा एक बालकको ज्यान गएको छ । कविलासी नगरपालिका–५ रनिया बस्ने मनोज मण्डलका १० वर्षीय छोरा रजनिश मण्डलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । नगरपालिकाको वडा नम्बर ७ मा रहेको लालबाबु रायको इँटा उद्योगको खाल्डोमा जमेको पानीमा नुहाउन पस्दा बालक डुबेको प्रहरीले जनाएको छ । बाख्रा चराउन जाँदा बालक खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
