Sunday, June 7News That Matters

खाल्डोमा डुबेर बालकको मृत्यु

सुनसरी, माघ ५ गते ।

सुनसरीको ईटहरीमा खाल्डोका पानीमा डुबेर बालकको मृत्यु भएको छ । ईटहरी उप–महानगरपालिका–१३ स्थित खनारमा खाल्डोको पानीमा डुबेर मोहमद रसुदिन मियाको मृत्यु भएको हो ।

घर छेउमा रहेको पानी जमेको खाल्डोमा शनिबार दिउँसो ४ बजे मोहमद अवु जाहेरीको २ वर्षिय छोरा मिया खेल्ने क्रममा डुबेर घाईते भएको थियो ।

घाईते बालकके उपचारको लागी बिराट हेल्थ टेक्निकल कलेज बाँसबारी बिराटनगर लगि उपचारको क्रममा साँझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।