पूर्णपुष्टि, कार्तिक १८ गते ।
७० वर्षीया आमाको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । काठमाडौंको सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङ बिहीबार आमाको हत्या अभियोगमा पक्राउ परेका हुन् ।
आफ्नै डेरा कोठामा जय बहादुरले खुकुरी प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
