Wednesday, May 6News That Matters

खुम्बु क्षेत्रमा ५८ हजार पर्यटक पुगे

भदौ १६ गते । 

गत आर्थीक वर्ष २०७५/०७६ मा सोलुखुम्बुको खुम्बु क्षेत्रमा करिब ५८ हजार पर्यटक भित्रिएका छन् । उक्त क्षेत्रमा ५७ हजार ९ सय ९० जना पर्यटक भित्रिएको सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार जोरसल्लेको तथ्यांकले देखाएको छ ।

खुम्बु क्षेत्रमा भित्रिएका पर्यटक मध्ये २ हजार ७ सय ७४  सार्क राष्ट्रका र अन्य देशका ५४ हजार ५ सय १५ जना रहेको तथ्याङककले देखाएको छ । सार्क राष्ट्रहरुबाट पुरुष २ हजार १ सय ७० र महिला ६ सय ४ जनाले मात्र खुम्बु क्षेत्रको भ्रमण गरेको थियो ।

अन्य देशका ३४ हजार ८ सय ६४ जना पुरुष र १९ हजार ६ सय ५१ जना महिला खुम्बु क्षेत्रको भ्रमण गरेको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै गत आर्थिक वर्षमा ७ सय १ जना अन्तरिक पर्यटकले पनि खुम्बु क्षेत्रको भ्रमण गरेको थियो । त्यस ६ सय ४८ जना पुरुष र ५३ जना महिला रहेको तथ्याङ्कले देखाएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जमा २०७५ सालको कात्तिक महिनामा सबै भन्दा बढी पर्यटक भित्रिएकोे तथ्याङ्कले देखाएको छ ।