
पूर्णपुष्टि, चैत १३
सुनसरीमा खुकुरी प्रहर गरी आफ्नै श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेको छ । धरान उप–महानगरपालिका–८ बस्ने ३७ बर्षीय तिल बहादुर माझीलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
हिजो अपरान्ह साँढे ५ बजेको समयमा माझीले ३१ बर्षीया श्रीमती सम्झाना राईलाई खुकुरीले घाँटीमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भए संगै अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोली घटना स्थल पुगेको थियो । खुकुरी प्रहारबाट घाईते भएकी संम्झनालाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा विहिबार बेलुका पौने ६ बजे मत्यु भएको थियो ।
श्रीमतीको हत्यामा संग्लग्न रहेका माझीलाई प्रहरीले नियन्त्रमा लिएको छ । माझीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
