
पूर्णपुष्टि/बेल्टार, मंसिर २९
खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा पुस १ गतेदेखि हुन लागेको १ नंं. प्रदेशका नगर स्तरीय व्याड्मिन्टन प्रतियोगिताका लागि चौदण्डीगढी नगरपालिकाले खेलाडी विदाइ गरेको छ ।
नगरपालिकाले सहभागी खेलाडिहरुलाई खेलकुद सामग्रीसहित विदाई गरेको हो । चौदण्डीगढी नगरपालिकाको तर्पmबाट छनौट गरिएका चारजना खेलाडिहरुलाई नगर प्रमुख खगेन्द्र राई र उप प्रमुख रिताकुमारी चौधरीले खेलकुद सामग्रीसहित विदाई गरे ।
विजयी भएर आउन उत्साहित गर्दै नगर प्रमुख राईले खेलमा प्रयोग गरिने ड्रेस, जुत्तासहित अन्य सामग्री प्रदान गर्नु भयो । चौदण्डीगढी नगर व्याड्मिन्टन संघको नेतृत्वमा ४ जना खेलाडिसहित नगर खेलकुद विकास समितिको नेतृत्व पनि सहभागी भएको आयोजकले जनाएको छ । विजयी समूह मध्ये प्रथम हुनेले १ लाख ५२ जहार दोस्रो÷तेस्रोले ४५÷४५ हजार नगद प्राप्त गर्ने छन् ।
