Wednesday, May 20News That Matters

खैजनपुरको ९ सय मिटर कालोपत्रे उद्घाटन

पुर्णपुष्टि,असोज १७

खैजनपुरमा ९ सय मिटर कालोपत्रे सडकको उद्घाटन शुक्रबार भएको छ । त्रियुगा नगरपालिका वडा नं.–२ खैजनपुर स्थित ९ सय मिटर कालोपत्रे सडकको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गर्नुभयो ।

नगर स्तरिय ७५ लाखको बजेटमा सो सडक कालो कालोपत्रे भएको थियो ।

गत आर्थिक बर्षनै तयारी भएको कालोपत्रे कोरोनाका कारण समयमै उद्घाटन हुन नसकिरहेको वडा अध्यक्ष घमानसिङ खत्रीले बताउनुभयो ।

वडाले अन्य थुप्रै विकासका गतिविधिहरु समेत गरिसेको अध्यक्ष खत्रिले बताउनुभयो ।

वडामा बिभिन्न विकासे गतिविधिहरु सँगै आउँदो समयमा पनि यस्ता थुप्रै विकासे गतिविधिहरुलाई निरन्तरता दिने अध्यक्ष खत्रिले बताउनुभयो । खत्रिले सडक कालोपत्रे सँगै सवारी आवत जावतमा सरल र विकासको गतिवितिमा सकरात्मक प्रवाभ देखिएको बताउनुभयो ।