Monday, June 29News That Matters

खैरो हिरोईनसहित २ जना पक्राउ

झापा, असोज १४

झापामा खैरो हिरोईनसहित दुई जना पक्राउ परेका छन् । बिर्तामोडको शैनिकमोडबाट लागुऔषध खैरो हिरोईनसहित कचनकवलका २२ बर्षीय सुदम राजवंशी र ३९ बर्षीय नरबहादुर राजवंशी पक्राउ परेका हुन् ।
विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साँझ साढे ६ बजे उनिहरुलाइ नियन्त्रणमा लिई चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा उनीहरुको साथबाट १३ ग्राम खैरो हिरोईन र नगद ९ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।