
पूर्णपुष्टि, जेष्ठ २७ कञ्चनपुरमा लागुऔषध खैरो हिरोईनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ मा रहेको बाह्रसिङ्गा होटल एण्ड लजका सञ्चालक भुवन साहु र बेलौरी नगरपालिका–९ का १९ वर्षीय गोपाल ठगुन्नालाई प्रहरीले पक्राउ गरेको हो । होटल सञ्चालक साहुलाई कारोबार गरिरहेको अवस्थामा १.४२ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ भने ठगुन्नाको साथबाट पनि १२ ग्राम २० मिलीग्राम खैरो हिरोइन बरामद भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले बताउनुभयो । पक्राउ परेका दुवैको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
