Sunday, May 17News That Matters

खोटाङको धितुङलाई उज्यालो वडा घोषणा

पूर्णपुष्टि,फागुुन ५

बर्षौ देखि विजुली बाल्ने धितुङबासीहरुको सपना साकार भएको छ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका–८ धितुङलाई उज्यालो वडा घोषणा गरिएको छ । नगरपालिकाको  उज्यालो घोषणा कार्यक्रम अन्र्तगत धितुङका ६ सय घर धुरीमा विद्युत विस्तार गरी मंलबार उज्यालो वडा घोषणा गरीएको हो ।

आर्थिक वर्ष २०७६/२०७७ बाट विनियोजित गरिएको वडा कार्यालयको ७ लाख, नगरपालिकाले ४० लाख बढिको विद्युतीय सामग्री  र नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोगमा विद्युत विस्तार कार्यक्रम सम्पन्न गरिएको वडा अध्यक्ष पृथ्वीराज राईले बताउनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई र उपप्रमुख बिमला राईले मंगलबार संयुक्त रुपमा बखुवा भञ्ज्याङ धितुङमा रहेको ट्रान्सफर्मरको एमसिसिबी अन गरी उज्यालो वडा घोषणा गर्नुभयो ।

उज्यालो वडा घोषणा भए संगै विद्युतको माध्यमबाट घरायसी कामकाज, विद्यार्थीलाई पढ्न पाठन देखि लिएर महिलालाई बढी टेवा पुग्ने उपप्रमुख बिमला राईले बताउनुभयो । सोलार बत्ति र टुकिबत्तिको भरमा रहेका वडावासी विद्युत  बिस्तार हुँदा निकै हर्षित भएका छन् ।