Tuesday, June 9News That Matters

खोटाङमा आगलागी करिब ४ लाख क्षति

पूर्णपुष्टि,चैत २९

खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङको एक घरमा आगलागी हुँदा करिब चाँर लाख बराबरको क्षति भएको छ । घरमा कोही नभएको अवस्थामा शुक्रबार राती करिव १ बजेको समयमा साविकको दिप्लुङ–५ निवासी प्रकाश राईको घरमा आगलागी भएको हो ।

आफन्तको घरमा बसेको रात घरमा आगलागी भएपछि घट्नालाई शंकास्पद मानिएको स्थानीयको भनाई छ । आगलागीमा घर, घरमा भएका अन्न, भाँडाकुँडा, कागजात लगायत जल्दा करिब ४ लाख बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट बिस्थापित ६ जनाको परिवार हाल गोठमा बसिरहेको खोटाङ प्रहरीले जनाएको छ ।