Thursday, June 18News That Matters

खोटाङमा आफ्नै दाजुको हत्या गर्ने दुई जना पक्राउ

पूर्णपुष्टि, भदौ ११

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् ।

गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछी खोजतलास गर्ने क्रममा हिजो १० गते बिहानको राती पौने २ बजे घर देखी अन्दाजी २०० मिटर बारीमा मृत अबस्थामा फेला परे पश्चात प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटी घटना स्थल पुगेर हेर्दा घटनाको प्रकृती  हत्या गरेको हुन सक्ने आशंकमा गरेको थियो ।

आसंकाकै आधारमा प्रहरीले गहन रुपमा अनुसन्धान थालेको थियो । घटनाको प्रकृती, स्थानियबासीको सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले हिजै मृतकका भाई नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुले घरयासी बिबादका कारण भैसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटिमा कसी हत्या गरेको भनि प्रारम्भिक अनुसन्धानमा खुलाई दिए पश्चात कर्तब्य ज्यान मुद्धामा कानुनि कारबाही अगाडी बढाई घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।