Thursday, May 28News That Matters

खोटाङमा चट्याङ लागेर २ जनाको मृत्यु

खोटाङ, चैत्र ३० गते ।

शनिबार साँझ पानीसँगै परेको चट्याङ लागेर खोटाङको केपीलाशगढी–१ निबासी १५ वर्षीय राजमणी राई र ३५ वर्षीय निर्मला विकको मृत्यु भएको हो ।

आ–आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।