
पूर्णपुष्टि, जेष्ठ ६
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(६ मा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
सडक निर्माणको लागी मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं। १(०२(००३ त ०२८० नम्बरको ट्याक्टर आज बिहान पौने ९ बजेको समयमा अचानक रोडबाट २० मिटर जती तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका खोटाङ रावावेशी(४ का २५ बर्षीय नेत्र बहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परी ट्याक्टरका चालक र सह(चालक घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल खोटाङ पठाईएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
