Thursday, July 30News That Matters

खोटाङमा भरुवा बन्दुकसहित ४ जना पक्राउ

पूर्णपुष्टि, जेष्ठ २

खोटाङमा भरुवा बन्दुकसहित चारजना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी स्थितबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्रीसहित प्रहरीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका ४२ वर्षीय डम्बर बहादुर कार्की, ३५ वर्षीय दोर्ण कार्की, २६ वर्षीय रबिन्द्र कार्की र ७४ वर्षीय कृष्ण बि.क. रहेका छन् ।

गत राती १० बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षकसहितको टोली खटि गई डम्बर, दोर्ण र रबिन्द्रलाई भरुवा बन्दुक ३ थान, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगाएतका पदार्थहरुसहित नियन्त्रणमा लिएको थियो ।

त्यस्तै बि.क.लाई भरुवा बन्दुकको नाल ५ थान, भरुवा बन्दुकको बट १ थान लगाएत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरु सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका चारैजना उपर जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।