Sunday, June 28News That Matters

खोटाङमा माछा मार्दा करेन्ट लागेर एकको ज्यान गयो

पूर्णपुष्टि,फागुन १४

खोटाङको रावा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । साकेला गाँउपालिका–४ मात्तिमका ३७ बर्षीय निरकुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो ।

रावाबेसी गाँउपालिका–१ को रावा खोलामा राईले करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट आफैलाई लागेर घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

मृतक राईको शवलाई परिक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक गोविन्द प्रसाद साहले बताउनुभयो ।