
पूर्णपुष्टि, भदौ ४
खोटाङको बाहुनीडाँडामा कालाजार संक्रमण देखा परेको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका पाँच जनामा कालाजारको सङ्क्रमण देखा परेको हो ।
विभिन्न सयममा उपचारबाट फर्किएपछि मात्र कालाजार लागेको बारे जानकारी पाएकोे स्वास्थ्यचौकीले जनाएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा चार जनालाई र चालू आर्थिक वर्षमा एक जनालाई कालाजार भएको जनाईएको छ । कालाजारबाट बिरामी हुनेमा १२ वर्षदेखि ५९ वर्षसम्मका व्यक्ति रहेका छन् ।
सङ्क्रमित पाँच जनामध्ये चार जनाको ओखलढुंगामा र एक जना महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वास्थ्य परीक्षणमा कालाजार पुष्टि भएको जनाइएको छ ।
