
पूर्णपुष्टि, भदौ २
मोरङमा कोरोना भाइरसविरुद्धको खोप लगाउन लाइनमा बसेका एक कैदीको ज्यान गएको छ । जबरजस्ती करणी मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भइ जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका रतुवामाई नगरपालिका–५ का ५२ वर्षीय धनबहादुर गुरुङको ज्यान गएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार गुरुङ कोरोनाविरुद्धको खोप लगाउन मंगलबार कारागारका अरु कैदीबन्दीसँगै लाइनमा बसेका थिए । लाइनमा बसिरहेका बेला अचानक बेहोस भएर ढलेका उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा ज्यान गएकोे मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जनाउनुभयो । उनका अनुसार गुरुङलाई घाँटीसम्बन्धी क्यान्सरको समस्या थियो ।
