
पूर्णपुष्टि, पुष २९
मोरङको सुन्दरहरैचा नगरपालिका–११ बेलेपुर स्थित झरना खोलामा डुबिरहेको अवस्थामा एक जनाको शव फेला परेका छ । ग्रामथान गाउँपालिका–७ का ३३ बर्षीय मनोज साहको शव खोलामा डुबिरहेको अवस्थामा भेटिएको हो ।
आज दिउँसो साँढे १२ बजेको समयमा उक्त स्थानमा मानिस डुबी मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले साहलाई मृत अबस्थामा फेला पारेको थियो । मृतक साहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
